सप्तरीको राजगढ गाउँपालिका-५ मलेखपुरमा करेन्ट लागेर २७ वर्षीया पञ्चाङ सदाको ज्यान गएको छ।
सोमबार दिउँसो घरमै मोबाइल चार्ज गर्ने क्रममा उनलाई अचानक करेन्ट लागेको थियो।
करेन्ट लागेर गम्भीर घाइते भएकी उनलाई तत्काल उद्धार गरी उपचारका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल लगिएको थियो। अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको हो।
यस घटनाको सम्बन्धमा आवश्यक थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।
प्रकाशित: २६ फाल्गुन २०८२ १५:५६ मंगलबार