समाज

खोलाले बगाउँदा एक किशोर बेपत्ता

खोलाले बगाउँदा बाजुरा एक किशोर बेपत्ता भएका छन्। जगन्नाथ गाउँपालिका-३ अन्दाजी १६-१७ वर्षीय अनुज सिंह खोला तर्ने क्रममा बगेर बेपत्ता भएका हुन्।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गगनसिंह भाटका अनुसार मङ्गलबार दिउँसो बाख्रा चराउन गएका किशोर सोही ठाउँको कालसिङ्गे खोला तर्ने क्रममा बगेर बेपत्ता भएका हुन्। घटनाकाबारे स्थानीय खडक भण्डारीले प्रहरी चौकी जुड्डीमा जानकारी गराएका थिए।

प्रहरी सहायक निरीक्षक रमेशबहादुर रावलको नेतृत्वमा तीन र सशस्त्र प्रहरी बल नेपाल गुल्म बाजुरा विपद् उद्धार सुरक्षा बेस कोल्टीबाट सात जनाको टोली खटिएर बेपत्ता किशोरको खोजी जारी रहेको जनाएको छ। 

प्रकाशित: २४ भाद्र २०८३ १०:३३ बुधबार