समाज

रौतहटको लाल बकैया नदीमा डुबेर एक किशोर बेपत्ता

रौतहटस्थित लाल बकैया नदीमा पौडी खेल्ने क्रममा एक किशोर बेपत्ता भएका छन्।

ईशनाथ नगरपालिका वडा नम्बर १ स्थित लाल बकैया नदीमा नुहाउने क्रममा अचानक आएको बाढीको भेलले बगाएर स्थानीय १५ वर्षीय बिगन साह बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

बिहीबार दिउँसो स्थानीय पाँच जना किशोरहरू नदीमा नुहाउन गएका थिए।

सबै जनाले एकै पटक नदीमा नुहाउनका लागि हामफालेपछि नदीमा एक्कासि आएको बाढीको भेलले चार जना सकुशल निस्किन सफल भएको र उनीहरू संगै नदीमा हाम फालेका साह अझैसम्म बेपत्ता रहेको रौतहटका प्रहरी प्रवक्ता डिएसपी राजु कार्किले बताए।

बकैया नदीमा बेपत्ता भएको किशोरको स्थानीय र प्रहरीको सहयोगमा खोजी कार्य भइरहेको अहिलेसम्म भेटाउन नसकेको डिएसपी कार्कीले बताए।

प्रकाशित: २७ भाद्र २०८२ ०७:४१ शुक्रबार