विभिन्न स्थानका अव्यवस्थित बसोबासीलाई अस्थायी रूपमा राख्न कीर्तिपुरमा स्थापना गरिएको होल्डिङ सेन्टरबाट एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भोजपुरको अरुण गाउँपालिकाका ३९ वर्षीय डम्बर तामाङ रहेका छन्। उनीमाथि सार्वजनिक शान्तिविरुद्धको कसुर गरेको आरोप लगाइएको छ।
जिल्ला प्रहरीका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार तामाङलाई सार्वजनिक शान्ति खलल पारेको मुद्दामा अनुसन्धान अघि बढाउन जिल्ला अदालतमा म्याद थपका लागि पेश गरिएको छ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिकाले होल्डिङ सेन्टरमा रहेका व्यक्तिलाई सुविधा सहित अन्यत्र जान अनुरोध गरेको विषयलाई तामाङले अतिरञ्जित रूपमा प्रस्तुत गरेका थिए। यसका कारण त्यहाँ बसोबास गरिरहेका अन्य व्यक्तिको शान्तिपूर्वक बस्न पाउने अधिकारसमेत प्रभावित भएको आरोप लगाइएको छ।
प्रकाशित: १५ असार २०८३ १६:०९ सोमबार