समाज

तिनाउ नदीमा हामफालेका एक पुरुष बेपत्ता

रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ देवीनगर र बुद्धनगर जोड्ने तिनाउ नदीको पुलबाट बिहीबार साँझ एक पुरुष नदीमा हामफालेर बेपत्ता भएका छन्।

प्रहरीका अनुसार अन्दाजी ३५ वर्षीय ती पुरुष साँझको समयमा पुलबाट नदीमा हामफालेका हुन्। नदीमा हामफालेपछि उनी बेपत्ता भएका छन्।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) निशान्त श्रीवास्तवले नदीमा हामफालेर बेपत्ता भएका पुरुषको खोजी भइरहेको जानकारी दिए। उनका अनुसार बेपत्ता पुरुषको पहिचान हालसम्म खुल्न सकेको छैन।

बेपत्ता भएका पुरुषको खोजीका लागि प्रहरी परिचालित भइसकेको छ। प्रहरीले खोजीसँगै घटनाबारे थप विवरण सङ्कलन गरिरहेको जनाएको छ।

प्रकाशित: १६ आश्विन २०८३ ०६:२६ शुक्रबार