समाज

चोभारबाट एक पुरुषले हाम फाले

काठमाडौंको कीर्तिपुर नगरपालिका ६, चोभार क्षेत्रमा एक पुरुष  हाम फालेका छन्।

किर्तिपुर प्रहरी परिसरका अनुसार हालसम्म हाम फाल्ने व्यक्तिको पहिचान खुलेको छैन। प्रहरीका अनुसार उक्त हामफाल्ने व्यक्ति पुरुष रहेका र उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।  

खोजी कार्य जारी रहेको हुँदा थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। 

प्रकाशित: ७ श्रावण २०८३ १३:१६ बिहीबार