समाज

दाङमा एक मृत फेला

दाङ घर भएका राजेन्द्र केसी मोटरसाइकलसहित मृत अवस्थामा फेला परेका छन्।

प्रहरीले छिमेकीको घरको भित्तामा ठोक्किएर निजको बिहीबार मृत्यु भएको प्रराम्भिक अनुमान गरेको छ। मृतक केसी, तुलसीपुर उपमहानगरपालिका–१० का २८ वर्षीय युवा हुन्।

आज बिहान घरबाट दूध वितरण गर्न गएका केसीको शव स्थानीयले लडेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। मृतकको शव परीक्षणका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा राखिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीले राससलाई जानकारी दिनुभयो ।

प्रकाशित: २२ श्रावण २०८३ १३:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App