समाज

खोटाङमा एक वृद्ध मृत भेटियाे

खोटाङको बराहपोखरी गाउँपालिका–१ का ७२ वर्षीय सहवीर परियार मृत भेटिएका छन्।

स्थानीय कच्ची सडक क्षेत्र  घोप्टेथालबाट-लामाचौरमा परियार मृत भेटिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी निराजन बस्नेतले बताए।

परियार सडकमा मृत भेटिएकाे खबर पाउनेबित्तिकै प्रहरी सहायक निरीक्षक देवकुमार शर्माको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको प्रहरीले जनाएको छ। घटनास्थल प्रहरी चौकी बराहपोखरीबाट झण्डै १ किलोमिटर पश्चिममा पर्छ।

घटनाको थप अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा गर्न इलाका प्रहरी कार्यालय चिसापानीबाट प्रहरी निरीक्षक विजय लामिछानेको नेतृत्वकाे प्रहरी टोली खटाइएको र घटनाबारे थप खाेजअनुसन्धान भइरहेकाे छ।

प्रकाशित: १७ श्रावण २०८३ १२:०९ आइतबार