समाज

महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्रहालय उद्घाटन हुँदै

फाइल तस्बिर।

आज महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्रहालय उद्घाटन हुँदैछ। 

महाकवि देवकोटाको घरलाई पुनः निर्माण गरी संग्रहालय बनाइएको हो। उद्घाटन कार्यक्रम आज दिउँसो हुनेछ।

झन्डै सात करोड लगानीमा निर्माण भएको उक्त तीन तले सङ्ग्रहालयमा देवकोटाका कृति, श्रव्य दृश्य सामग्री तथा उनले प्रयोग गरेका सामानहरू राखिने छ।

सङ्ग्रहालय भवन नेपाली मौलिकता झल्किने गरेर बनाइएको भनिए पनि केहीले त्यसको विरोध गर्दै आएका छन्।

प्रकाशित: १४ आश्विन २०७९ ०३:५१ शुक्रबार

महाकवि लक्ष्मीप्रसाद देवकोटा