सिरहा–चोहर्वा सिरहा साहायक राजमार्गको नरहा– ७ मा तीनजना सवार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। सवार अन्य दुईजना घाइते भएका छन्।चोहर्वाबाट सिरहातर्फ जाँदै गरेको को२३प ५१७१ नम्बरको मोटरसाइकल गए अबेर राति नरहा चौकको हनुमान मन्दिरमा ठोक्किएर दुर्घटना हुँदा धनुष सिंयाहीमडान १ का बब्लु मण्डल(२१)को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
पछाडि सवार सोही ठाउँका दिनेश मण्डल (२२) र नथुनी मण्डल (२७) गम्भिर घाइते भएका छन्। घाइते दुबैलाई थपका लागि विराटनगर पठाइएको सिरहा प्रहरीले जनाएको छ । तीनजना सवार भइ तिब्र गतीमा चलाएकोले मोटरसाइकल अनियन्त्र भई दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।
प्रकाशित: ६ वैशाख २०७३ २२:५१ सोमबार