समाज

सिन्धुपाल्चोकमा खोला तर्ने क्रममा एक जनाको मृत्यु

फाइल तस्बिर

सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–४ बुसुन्डोलमा खोला तर्ने क्रममा बुधबार साँझ एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय १७ वर्षीय अमित थामी रहेका छन्।

मामाघरबाट तीज मनाएर आमा र बहिनीका साथमा फर्किदै गरेका थामीको खोला तर्ने क्रममा पहिरोसँगै आएको ढुङ्गाले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीले जानकारी दिए। उनकी आमा र बहिनी भने सकुशल रहेका छन्।

खोलामा पुल नहुँदा स्थानीले सास्ती खप्दै आएका छन्। मुलाबारीबाट पिस्कर अध्ययन गर्न आउने विद्यार्थी तथा स्थानीयलाई वर्खामा आवतजावत गर्न खोलामा जोखिम रहेको स्थानीयले बताएका छन्।रासस

प्रकाशित: १६ भाद्र २०७९ ०१:४१ बिहीबार

सिन्धुपाल्चोकमा खोला सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–४