समाज

फोहोर नियमितरुपमा बञ्चरे डाँडा जाँदैछः मेयर शाह

काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र शाह (बालेन)ले फोहोर नियमितरुपमा बञ्चरे डाँडासम्म गइरहेको बताएका छन्।

उनले सामाजिक सञ्जालमार्फत् घरघरमा थुप्रिएका फोहोरहरु पनि नियमितरुपमा संकलन हुने बताएका हुन्। उनले जनचेतनाका लागि आम नागरिकलाई सडकमा फोहोर नफल्न अनुरोध गरेका छन्।

मेयर शाहले सबैको सहभागिता र योगदानबाट मात्रै काठमाडौँ महानगरलाई सफा, सुन्दर र स्वस्थ महानगरको परिकल्पना साकार गर्न सक्ने बताए। उनले जनताको विश्वास छ र साथको अपेक्षा राखेका छन्।

प्रकाशित: ९ भाद्र २०७९ १३:२३ बिहीबार

काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र शाह (बालेन) बञ्चरे डाँडा