समाज

नागरिकता विधेयक र बढ्दो महंगीविरुद्ध प्रदर्शन

बढ्दो महंगी र नागरिकता विधयेकको विरुद्धमा राष्ट्रिय प्रजातन्त्र पार्टीको महिला संगठन प्रजातान्त्रिक महिला संगठनले ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा थाल ठटाएर प्रदर्शन गरेको छ।

‘महंगी नियन्त्रण गर, कालो बजारी बन्द गर, भ्रष्टाचार र कमिशनतन्त्र बन्द गर, महिला हक र अधिकारको सुनिश्चत गर’ भन्ने नारासहित प्रजातान्त्रिक महिला संगठनले सदरमुकाम फुङलिङमा प्रदर्शन गरेको राप्रपाका जिल्ला अध्यक्ष अमृत साउदेनले जानकारी दिए।

नगर परिक्रमा पछि आयोजित कोणसभालाई राप्रपाका जिल्ला नेता तथा प्रजातान्त्रिक महिला संगठनका अगुवाहरुले सम्बोधन गरेको नेतृ बिष्णु राईले जानकारी दिइन्।

प्रकाशित: ११ श्रावण २०७९ १५:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App