समाज

गर्भनर अधिकारीविरुद्ध संयुक्त विद्यार्थी संगठनले कार्टुन प्रदर्शन गर्ने

संयुक्त विद्यार्थी संगठनले गर्भनरविरुद्ध बिहीबार माइतीघरमा कार्टुन प्रदर्शन गर्ने भएका छन्।

नेपाल विद्यार्थी संघ, अनेरास्ववियू क्रान्तिकारीलगायतका विद्यार्थी संगठनहरुले संयुक्त रुपमा बिरोध प्रदर्शन गर्दैछन्। गर्भनर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै उनीहरुले विरोध प्रदर्शन गर्न लागेका हुन्।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी राजनीतिक दलमा आवद्ध रहेको आरोप लगाउँदै उनीहरुले कार्टुन प्रदर्शन गर्न लागेका हुन्। यद्यपि गभर्नर अधिकारी र नेकपा एमालेले भने पार्टीको विभागमा आवद्ध व्यक्ति गभर्नर अधिकारी नभएको दाबी गरेको छ।

प्रकाशित: ५ श्रावण २०७९ ०७:२८ बिहीबार

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी संयुक्त विद्यार्थी संगठन