समाज

काठमाडौंकाे भृकुटीमण्डपमा आगलागी, निभाउने कार्य जारी

काठमाडौँ प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा आज अपराह्न आगलागी भएको छ। प्रहरीका अनुसार यहाँस्थित ह्वील चेयरको गोदाममा आगलागी भएको हो। 

अहिले विभिन्न क्षेत्रका दमकलको सहयोगमा सुरक्षाकर्मी र स्थानीयबासीले आगो नियन्त्रणको प्रयास जारी राखेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भरतबहादुर बोहराले केही अघि मात्रै आगलागी भएको र निभाउने कार्य जारी रहेको जानकारी दिए। रासस

प्रकाशित: २९ असार २०७९ १०:२२ बुधबार