समाज

आगलागीबाट घरमा लाखौँको क्षति

रौतहटको देवाहीगोनाही नगरपालिका ६ कर्कच कर्मैयामा मंगलबार आगलागी हुँदा लाखौँको क्षति पुगेको छ। स्थानीय वीरेन्द्र महतोको फुसको घरमा आगो लाग्दा लाखौँको क्षति भएको प्रहरीले जनाएको छ।

विद्युत सर्ट भएर फुसको छाना भएको घरमा आगो लाग्दा तीन ओटा घरमा सल्केर खरानी भएको छ। आगोले घरभित्र रहेको एलइडी टिभी, खाद्यान्न, लत्ता कपडा, गरगहना, फर्निचर र केहीनगद गरी करिब ४ लाख ५० हजार रुपैयाँ बराबरको सम्पत्ति जलेर नष्ट भएको जिल्लाप्रहरी कार्यालय रौतहटले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता सुनील मल्लले आगोबाट कुनै मानवीय क्षति नभएको जानकारी गराएका छन्। स्थानीय बासीका साथै इलाका प्रहरी कार्यालय गोनाहीबाट गएको प्रहरीको टोलीले आगोलाई नियन्त्रणमा लिएको थियो। आगोले आफ्नो सर्वस्व नै खरानी बनाएको पीडित महतोले दुखेसो पोखेका छन्।

प्रकाशित: २८ असार २०७९ १२:५५ मंगलबार

रौतहटको देवाहीगोनाही नगरपालिका जिल्ला प्रहरी कार्यालय रौतहट