सारडा कामदारको जवाफ सुनेर ग्यास वितरण स्थल सडक विभाग कार्यालयमा आएर इलाका प्रहरी कार्यालय लहानका डिएसपी उमा प्रसाद चतुर्वेदीलाई धन्यावाद दिँदै भने,'यहाँका ग्यास उपभोतmा बन्द अवधिमा आज पहिलो पटक निर्धारित मुल्यमा ग्यास पाएको छ।'
नकाबन्दी र बन्दका कारण साढे तीन महिलामा पहिलो पटक कोसी ग्यास आएको हो। यस भन्दा पाँच दिन अगाडि 'प्रिमा' ग्यास आएको थियो। लहानका दुई वटा डिलरमा आधी ग्यास भरिएको सिलिन्डर ४ सय ९० वटा आएको थियो।
डिलरले ढुवानी भाडाको नाममा प्रसाशनलाई झुक्याउँदै उपभोतक्ताबाट ८ सयदेखि ९ सयसम्म असुलेर ग्यास बेचेका थिए। पछि बुझदै जाँदा प्रिमा ग्यास उद्योगले नै ग्यास डिलर सम्म पुर्याएको र ढुवानी भाडा डिलरलाई तिर्न नपरेको खुलेको थियो।
यो घटना पछि स्थानीय प्रसाशनले ग्यास वितरण प्रक्रियालाई पारदर्शी बनाउन सार्वजनिक स्थलबाट उपभोक्तालाई ग्यास वितरण गर्ने निर्णय गर्यो। जस अनुसार बिहीबार कोसी ग्यासको १९०० सिलिन्डर ग्यास सात सयका दरले उपभोक्ताले पाएको छन्।
'केही बेर लाइनमा बसेर पनि निर्धारित मुल्यमा ग्यास पाए,' राजेश गुप्ताले भने,'पहिला जस्तो यसपाली डिलरले उपभोतmा लुट्न पाएनन्।' 'सात सय रुपैयाँमा पाउनु पर्ने ग्यासका लागि उपभोतmाले ८ सयदेखि १ हजारसम्म डिलरलाई तिर्नुपर्ने बाध्यता अव रहेन, यो मुल्य र वितराण प्रणाली निरन्तरता पाउनुपर्छ,' उनले भने।
निर्धारित मूल्यमा ग्यास वितरण डिलरले त्यत्तिकै गरेका भने होइनन्। इलाका प्रहरी कार्यालय लहानको डिएसपी उमा प्रसाद चतुर्वेदीले चार दिन अगाडि लहानका ग्यास डिलरलाई बोलाएर उपभोतmाबाट आयल निगमको निर्धारित मुल्य सात सयभन्दा बढी लिए कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिइसकेका थिए।
प्रकाशित: २४ मंसिर २०७२ ०५:३४ बिहीबार