समाज

रेडपाण्डाका जोडी बच्चा मृत भेटिए

इलाम— अमेरिकी सहयोगमा संरक्षण कार्यक्रम लागू भएकै क्षेत्रमा लोपोन्मुख वन्यजन्तु रेडपाण्डाका जोडी बच्चा मृत फेला परेका छन्। उत्तरी इलामको जमुना–७ स्थित हिले सामुदायिक वनमा शंकास्पद किसिमले मृत रेडपाण्डाका बच्चा भेटिएका हुन्। एकै ठाउ" रेडपाण्डाका जोडी बच्चा मृत भेटिएपछि संरक्षणकर्मी चिन्तित छन्।स्थानीय थुण्डुप शेर्पाले घा"स काट्न जंगल गएका बेला मालिङ्गोघारीमा रेडपाण्डाको पोथी बच्चा मृत भेटेका थिए। संरक्षण क्षेत्रमा त्यसरी रेडपाण्डाको बच्चा मृत भेटिएपछि गाउ"मा हल्लीखल्ली मच्चिएको थियो। शेर्पाले गाउ"लेलाई रेडपाण्डाको बच्चा मृत भेटिएको बताउ"दै जौबारीस्थित प्रहरी चौकीलाई खबर गरेका थिए।

शंकास्पद किसिमले रेडपाण्डाको बच्चा मृत भेटिएपछि मालिङ्गोघारीमा भेला भएका गाउ"ले, प्रहरी र सामुदायिक वनका पदाधिकारीले 'जिपिएस' ट्रयाक गर्ने ेक्रममा अर्को भाले बच्चा पनि मृत भेटिएको थियो। हिले सामुदायिक वनका पासाङ शेर्पाका अनुसार भाले बच्चा पनि मृत भेटिएपछि दोस्रो मुचुल्का तयार गरिएको थियो ।

संरक्षण क्षेत्रमा एकैपल्ट मृत भेटिएका जोडी रेडपाण्डा शुक्रवार सदरमुकामस्थित जिल्ला वन कार्यालय ल्याइएको थियो । रेडपाण्डा संरक्षणमा सक्रिय उच्च पहाडी जडिवुटी उत्पादक संस्था र तीनवटा सामुदायिक वनका वन अभिभावकले मृत रेडपाण्डाका बच्चा कार्यालयमा ल्याई भेटेदेखिको अवस्थाबारे जानकारी गराए ।

'रेडपाण्डाको बासस्थान रहेको मालिङ्गोघारीमा मानवीय अतिक्रमण बढेको पाइएको छ, त्यो नै जोडी बच्चाको ज्यान जाने कारण हुनसक्छ' संस्थाका संयोजक धनबहादुर खाम्दाकले भने, 'माउ रेडपाण्डा कुनै कारणले मृत्यु भएका कारण पनि खान नपाएर बच्चाको मृत्यु भएको हुनसक्छ, यो अनुसन्धानपछि मात्रै खुल्छ ।'

मृत रेडपाण्डाका जोडी बच्चा बुझेपछि जिल्ला वन कार्यालयले पोष्टमार्टमनिम्ति जिल्ला पशुसेवा कार्यालय पठाएको थियो । त्यहा" पशु प्राविधिकले जोडी बच्चाको चिरफार गरी मुटु, कलेजो, फोक्सो, छाला, आन्द्रा, दिसा र रौं छुट्याएका छन्। छालालाई वन कार्यालयले चितवनस्थित वन्यजन्तुको अंग राखिने केन्द्रमा पठाउने सहायक वन अधिकृत हरिहर यादवले बताए ।

अमेरिकी सहयोगमा सञ्चालित रेडपाण्डा नेटवर्कका कार्यक्रमका संरक्षण संयोजक सोनामटासी लामाले रेडपाण्डाका मृत बच्चाबाट मुटु, कलेजो, फोक्सो, आन्द्रा, दिसा र रौं परीक्षणका लागि नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) मा पठाउने जनाए । यसनिम्ति जिल्ला वन कार्यालयले स्वीकृति दिइसकेको लामाले बताए ।

'नेटवर्कले आफ्नै खर्चमा ती अंग परीक्षण गरेपछि मात्रै जोडी बच्चाको मृत्युको वास्तविक कारण पत्ता लाग्नसक्छ' लामाले नागरिकलाई भने, 'अहिल्यै मृत्युको कारण पत्ता लगाउन खोज्नु सतही हुनेछ ।' सन् २०१० मा सार्वजनिक एक तथ्यांकअनुसार नेपालमा ५ सय र इलाम, पा"चथर तथा ताप्लेजुङमा त्यसको एक चौथाइ रेडपाण्डा रहेको मानिएको छ ।

लजालु स्वभावको रेडपाण्डा हेर्दा सुन्दर देखिने लेकाली वन्यजन्तु हो । यसको संरक्षणमा नेटवर्कले नौ बर्षदेखि इलाम, पा"चथर र ताप्लेजुङमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । संरक्षणपछि रेडपाण्डा जोगाउन समुदाय सक्रिय भइरहेका बेला जोडी रेडपाण्डा मृत भेटि"दा सरोकारवाला चिन्तित छन्।

प्रकाशित: ११ मंसिर २०७२ ०२:१३ शुक्रबार