समाज

भासिएको सडकबाट कार र मोटरसाइकल खस्यो

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साखर ड्याममा भासिएको सडकबाट एउटा कार र मोटरसाइकल खसेको छ। निरन्तर परेको वर्षाका कारण आज बिहान भासिएको सडकबाट कार र मोटरसाइकल खसेको हो।

मोटरसाइकल खसे पनि मोटरसाइकल चालक भने सकुसल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए। कार भने नदीमा पुगेको छ। 'कार पहिराले पुरिएको छ, माथिबाट हेर्दा अलि अलि मात्रै देखिएको छ', उनले भने, 'कारमा कति मान्छे थिए भन्ने खुलेको छैन।' उद्धार टोली घटनास्थलमा पुग्ने क्रममा रहेको खड्काले बताए। घटनास्थलमा नेपाली सेनाको टोली जाँदैछ। 

प्रकाशित: २७ जेष्ठ २०७९ ०३:३४ शुक्रबार

पृथ्वी राजमार्ग