समाज

संविधान खुसियाली मनाउन भोजपुरमा मोटरसाइकल र्याली

भोजपुर– संविधान जारी हुन लागेको खुसियालीमा भोजपुरका युवाहरुले मोटरसाइकल र्यालीको तयारी गरेका छन्।


युवा संघ नेपालले बिहान आठ बजे नै र्याली निकाल्ने तयारी गरे पनि विप्लव नेतृत्वको नेकपा माओवादीको बन्दका कारण अहिले पाँच बजेलाई कार्यक्रम तय गरेको हो। बन्दको प्रभाव भने खासै परेको छैन। नेपाली जनताको संविधान जनताबाट चुनिएका प्रतिनिधिले लेखेर जारी हुन लागेको अवसरमा युवाहरुले खुसी मनाउँदै र्यालीको आयोजना गरेका हुन्।

र्याली सदरमुकाम हुँदै बसपार्क, देउराली, पानीट्यांकीलगायका ठाउँको परिक्रममा गरी समापन हुने युवासंघ भोजपुरका अध्यक्ष सन्दिप राईले नागरिकन्युजलाई बताए। यसैबिच संविधान जारी भएपछि बेलुका छ बजे यहाँका क्रियाशील सात राजनीतिक दलले दीप प्रज्वलन गर्ने भएका छन्।

कांग्रेस, एमाले, एकिकृत माओवादी, राप्रपा नेपाल, राप्रपा, माले, खम्बुवान पार्टीले सदरमुकामको सहिद पार्कमा दीप प्रज्वलन गर्न लागेका हुन्। संविधान जारी भएको खुसियालीमा पार्कमा नेपालको नक्सा बनाएर दीप प्रज्वलन गर्न लागिएको दलहरुले बताएका छन्।

प्रकाशित: ३ आश्विन २०७२ ०२:३६ आइतबार