समाज

विषाक्त धुवाँले एकैपल्ट तीनको मृत्यु भएपछि गाउँ शोकाकुल

इलाम– नेपाल विद्युत प्राधिकरणको सेवा निष्प्रभावी हु"दा गाउ"–गाउ"मा लोकप्रिय बनेको जेनेरेटरले पछिल्ला दिनमा सुविधासँगै जोखिम बढाएको छ। सस्तोमै खरिद गर्न सकिने र नजिकैका बजारमै उपलव्ध हुने जेनेरेटर चलाउन सजिलो हुँदाहुँदै पनि 'चलाउन ढंग नपुर्याउ"दा' जोखिमपूर्ण बनेको हो।विद्युत प्रवाहको सजिलो माध्यम जेनेरेटरले दुई दिनअघि श्रीअन्तुमा एकैपल्ट तीनजनाको ज्यान लिएपछि यसको सञ्चालनमा अपनाउनुपर्ने सावधानीबारे चर्चा भइरहेको छ। प्राधिकरणको विद्युत अनियमित हुने र बाह्रैमास लोडसेडिङ कायम रहने बाध्यताको विकल्पका रुपमा गाउ"ले माझ लोकप्रिय जेनेरेटर चलाउ"दा अपनाउनुपर्ने सावधानीबारे सबै सचेत देखिँदैनन् । झलमल्ल बिजुली बल्नासाथ त्यसैको उज्यालोमा रमाउनेहरु जेनेरेटरमा इन्धन भर्ने, स्टार्ट गर्ने, करेन्ट प्रवाह गर्ने, उचित स्थानमा राख्ने र बन्द गर्नेसम्मका विधिमा चनाखो नबन्दा दुर्घटना निम्तिने गरेका छन् । श्रीअन्तुमा भएको दुर्घटना जेनेरेटरप्रति हेलचेक्रयाईंकै कारण हो ।

'आफूसँग भएको सामान उचित किसिमले चलाउन नजान्दा र खेलाँची गर्दा अनाहकमा तीन जनाले ज्यान गुमाउनु पर्यो,' पशुपतिनगरस्थित इलाका प्रहरी कार्यालयका इन्सपेक्टर पदम थपलियाले भने, 'जेनेरेटर चलाएको ठाउँ खुला हुनुपर्छ भन्ने थाहा पाएको भए उनीहरुको ज्यान जाने थिएन।' उनका अनुसार, श्रीअन्तु–६ स्थित श्रीबुङ्मा शुक्रवार राति जेनेरेटर चलाएकै कोठामा सुत्दा एक वृद्धसहित तीन जनाको ज्यान गएको थियो । घटनापछि गाउँ शोकाकुल छ।

सस्तोमा २० हजारदेखि मह"गोमा एक लाख रुपैयाँसम्मका जेनेरेटर पूर्वी पहाडमा बिक्री हुन्छन् । सदरमुकामस्थित चोकबजारमा इलेक्ट्रोनिक्स पसल चलाउँदै आएका तोरण वैद्यका अनुसार, विशेष गरी जेनेरेटरको माग गाउँमै बढी छ । विवाह, ब्रतवन्ध, घरपैंचो, छेवर, पास्नी र मृत्यु संस्कारमा आयोजना गरिने कार्यक्रममा विद्युत प्रवाह गर्न व्यक्ति तथा संघ संस्थाले जेनेरेटर किन्ने र भाडामा लगाउने प्रचलन छ । श्रीअन्तुमा मृत्यु संस्कारक्रममै चलाइएको जेनेरेटरले ज्यान लिएको हो।

'जसोतसो पैसा जुटाएर जेनेरेटर किन्न आउँछन् तर प्राविधिक ज्ञान जानेका हु"दैनन्,' जेनेरेटर खरिद गर्न आउने ग्राहकबारे बैद्यले भने, 'इन्धनबाट चल्ने र विषाक्त धुवाँ निकाल्ने बस्तु राम्रो जानी नबुझी चलाउनु हुँदैन।' भदौ १६ गते मृत्यु भएकी श्रीमती ज्योतिमाया तामाङको घेवा सकेर जेनेरेटर चलिरहेको कोठामा सुत्दा श्रीबुङमा मृतक ज्योतिमायाकै ६९ बर्षीय श्रीमान फुर्वा तामाङ, नातेदार ४५ बर्षीय लगन तामाङ र मृत्यु संस्कारमा आएका १८ बर्षीय नितेश मगरको ज्यान गएको थियो।

'जेनेरेटर चलाएको कोठामा झ्याल ढोका नखोली सुत्दा विषाक्त धुवा"ले निसास्सिएर उनीहरुको ज्यान गएको हो,' इन्सपेक्टर थपलिया भन्छन्, 'जेनेरेटर चलाएर पनि हावा पस्ने र जाने ठाउ" राखेको भए त्यस्तो अप्रिय दुर्घटना नहुन सक्थ्यो।' प्राधिकरणको विद्युत निष्प्रभावी भएपछि घेवाका लागि 'घर उज्यालो पार्न' भाडामा जेनेरेटर लिएका तामाङ परिवारमा तीन दिनको अन्तरमै दम्पतीको मृत्यु हु"दा छिमेकी र आफन्त स्तव्ध छन् । असावधानीले निम्तिएको घटनाप्रति सबै थकथकी मान्दैछन् ।

जेनेरेटर चलाएर सुत्दा झ्याल ढोका खोल्न बिर्सेका उनीहरुको धुवांमा मिसिएको विषाक्त ग्यासले निसास्सिएर मृत्यु भएको उल्लेख गर्दै इन्सपेक्टर थपलियाले शनिवार विहान ढिलोसम्म नउठेपछि परिवारका सदस्य तथा गाउंलेले बोलाएको र बोलाउंदासमेत नउठेपछि झ्याल फुटाएर हेर्दा बेहोस भेटिएको बताए । बेहोस भेटिएका उनीहरुलार्ई सुर्योदय नगरपालिकास्थित फिक्कलका स्वास्थ्य संस्था पुर्याउँदा चिकित्सकले मृत घोषित गरेका थिए ।

प्रकाशित: २० भाद्र २०७२ ०१:३१ आइतबार