समाज

पूरक परीक्षा दिँदादिँदै बच्चा जन्मियो

भोजपुर- एसएलसीको पूरक परीक्षा दिँदादिँदै भोजपुरमा एक परीक्षार्थीले बच्चा जन्माएकी छिन्। जनोदय उच्च मावि कोटकी विद्यार्थी मीना शेर्पाले यशोधरा उच्च माविको परीक्षा केन्द्रमा बच्चा जन्माएकी हुन्।

उत्तरपुस्तिकामा लेख्न सुरु गरेकी शेर्पालाई बच्चा जन्माउने ब्यथाले च्यापेपछि परीक्षाहल बाहिर निकालेर प्रसव गराइएको थियो। उनले छोरी जन्माएकी हुन्। उनको र बच्चाको स्वास्थ्य ठीक रहेको शेर्पाको परिवारले जानकारी दिएको छ। आज गणित विययको परीक्षा चल्दैछ।

प्रकाशित: २१ श्रावण २०७२ २१:०६ बिहीबार