समाज

संसदीय मामिला पत्रकार समाजमा फुयाँल

काठमाडौँ-संसदीय पत्रकारितामा क्रियाशील पत्रकारको संस्था 'संसदीय मामिला पत्रकार समाज'को आजसंविधानसभा भवन नयाँ बानेश्वरमा भएको विशेष भेलाले राजेन्द्र फुयाँलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
समाजका उपाध्यक्षमा ईश्वरी सुवेदी, महासचिवमा बबिन शर्मा, सचिवमा अशोक दाहाल र कोषाध्यक्षमा सञ्जीव बगाले तथा सदस्यमा लक्की चौधरी, दीपेश श्रेष्ठ, रोजिना थापा, मुक्ति रेग्मी, अनन्त अनुराग, दीपक आचार्य, मनोज सत्याल र सतिश सुवेदी छन । एक महिला उपाध्यक्ष र एक सचिव भने समाजको पूर्ण बैठकले मनोनयन गर्ने छ ।

पाँच वर्षदेखि नयाँ नेतृत्व चयन हुन नसकेको समाजले आज नेतृत्व पाएको हो । नयाँ कार्यसमिति चयनका लागि पत्रकार अर्जुन भण्डारीको संयोजकत्वमा रहेको निर्वाचनमण्डल गठन गरिएको थियो । रासस

प्रकाशित: २६ असार २०७२ ०२:३३ शनिबार