समाज

रुकुम पश्चिममा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका र आठबीसकोट नगरपालिकाको सीमा झारमारेमा जीप दुर्घटना भएको छ। प्रहरीका अनुसार करिब २० जना सवार रहेको जीप सडकबाट ७०० मिटर तल खसेको थियो। 

रुकुम खलंगाबाट स्यालाखदीतर्फ जाँदै गरेको रा १ ज ४२२ नम्बरको जीप सडकबाट खसेको हो। दुर्घटनामा ५ जना गम्भीर घाइते भएको बताइएको छ। 

प्रकाशित: ७ कार्तिक २०८२ १९:२७ शुक्रबार