भारी वर्षापछि आएको बाढी, हावाहुरी र डुबानका कारण मधेश प्रदेशमा विद्युत् संरचनामा क्षति पुगेको छ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार मधेश प्रादेशिक कार्यालयअन्तर्गत एलटी र एचटी गरी ७८ वटा विद्युत् पोल ढलेका छन् भने १४ वटा वितरण ट्रान्सफर्मरमा क्षति पुगेको छ।
यस्तै, तीन वटा वितरण सबस्टेसनमा पानी पसेको छ भने त्यसमा विद्युत् आपूर्ति पूर्ण रूपमा बन्द नगरी पानी निकाल्ने (डिवाटरिङ) काम भइरहेको प्राधिकरणले जनाएको छ। ती स्थानमा मर्मत तथा पानी निकाल्ने कामसँगै विद्युत् आपूर्ति निरन्तर भइरहेको प्राधिकरणले जनाएको छ।
यस्तै, प्राधिकरणले बाढी तथा पहिरोका कारण क्षतिग्रस्त संरचनाको मर्मत कार्य भइरहेको जनाएको छ। प्रभावित क्षेत्रमा सकेसम्म छिटो विद्युत् सेवा पुनः सञ्चालन गर्ने काम भइरहेको प्राधिकरणले जनाएको छ।
प्रकाशित: ११ आश्विन २०८३ १८:३९ आइतबार