नेपालीमा यस्ता थिए प्रश्न
–गुरुत्वाकर्षण भनेको के हो ? ध्रुवीय भागमा गुरुत्व प्रवेग(जी)को मान कति हुन्छ ?
–स्वतन्त्र खसाई र तौलविहिनताबीच एउटा फरक लेख्नुहोस् ।
—पृथ्वीको सतहमा एउटा वस्तुको तौल ६ सय(एन) छ यदि पृथ्वीको पिण्ड र अर्धव्यास क्रमशः ६ गुणा १० पावर २४ केजी र ६.४ गुणा १० पावर ३ केएम छ भने उक्त वस्तुको पिण्ड पत्ता लगाउनुहोस् ।
उक्त ३ वटा प्रश्न नेपाली माध्यममा भए पनि अङ्ग्रेजी माध्यममा भने शुरुको र अन्तिमको प्रश्न समावेश भए पनि बीचको स्वतन्त्र खसाई र तौलबिहीनबीचको फरकसम्बन्धी प्रश्न नै समावेश नभएको पाइएको छ। ललितपुरको जेम्स स्कूल परीक्षा केन्द्रमा यस्तो त्रुटि फेला परेको हो। उक्त परीक्षा केन्द्रमा विद्यार्थीले परीक्षा दिएर निस्किएपछि मात्रै त्रुटीबारे थाहा पाएका थिए।
प्रकाशित: ९ चैत्र २०७१ ०२:०६ सोमबार