समाज

जिप व्यवसायी एक महिनापछि अपहरणमुक्त

लहानलहान ३ का जिप व्यवसायी गुरुदयाल महतो एक महिना चार दिनपछि बुधबार बिहान भारतीय सहर लौकाहा बजार क्षेत्रबाट अपहरणमुक्त भएका छन्। उनलाई नेपाल प्रहरीले भारतीय सुरक्षा बलको सहयोगमा अपहरण मुक्त गराएको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी दानसिंह बोहराले बताए।
गुरुदयाललाई अपहरणमुक्त गराउन सिरहा, सप्तरी र क्षेत्रीय प्रहरी कार्यालय विराटनगरबाट विशेष प्रहरी परिचालन गरिएको थियो। महतोलाई लहान ३ स्थित परिवारको जिम्मा लगाइएको छ। केहीबेरपछि सप्तरी प्रहरीले घटनाको विस्तृत विवरणसहित पत्रकार सम्मेलन गर्दैछ।
महतोलाई कात्तिक २९ गत्ते सप्तरीको अमहा पुलनजिकबाट हतियारधारी समूहले अपहरण गरिएको थियो।

प्रकाशित: १ पुस २०७१ २१:४८ मंगलबार