रुकुम - रुकुमका सरकारी कार्यालयका निजामति कर्मचारी, स्थानीय निकायका विकासे कर्मचारीहरुले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन्। हातमा कालो पट्टी बाँधेर कर्मचारीहरु बुधबार २ घण्टा जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका हुन।उनीहरुले प्रमुख जिल्ला अधिकारी मार्फत् अर्थ मन्त्रीलाई ज्ञापन पत्र समेत बुझाएका छन्। निजामति कर्मचारीहरुले खाइपाइ आएको स्थानीय भत्ता सरकारले कटौती गरेको भन्दै कर्मचारी संगठनका ६ वटा संघ संगठनहरुले धर्ना दिएका हुन। नेपाल निजामति कर्मचारी संगठन, नेपाल निजामति कर्मचारी यूनियन, नेपाल राष्ट्रिय कर्मचारी संगठन, राष्ट्रिय कर्मचारी संगठन, नेपाल निजामति कर्मचारी संघ र स्थानीय निकाय कर्मचारी संघले संगठनले संयुक्तरुपमा जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका हुन। कर्मचारीहरु धर्नामा बसेपछि सेवाग्राहीहरु भने मर्कामा परे।
आर्थिक वर्ष २०७१/०७२ को बजेटमा अर्थमन्त्री रामशरण महतले राष्ट्र सेवक निजामति कर्मचारी, सैनिक र प्रहरीको स्थानीय भत्तामा २५ प्रतिशत बृद्धि गर्ने भनिए पनि उल्टै बढाउनुको साटो झनै कटौती गरेको भन्दै कर्मचारी संघ संगठनहरुले आन्दोलन थालेका हुन।
प्रकाशित: २८ श्रावण २०७१ ०३:२२ बुधबार