समाज

यी हुन् मानसरोवरमा सम्पर्कविहीन ६४४ जना (सूचीसहित)

कैलाश–मानसरोवर यात्रामा गएका ६४४ जना यात्रुहरु सम्पर्कविहीन भएका छन्।

नेपाल र चीनको सीमामा आएको भिषण बाढीमा परी ६४४ जना यात्रुहरु सम्पर्कविहीन भएका प्रारम्भिक विवरणमा उल्लेख छ। जसमध्ये ३६२ जना पुरुष र ३१८ महिला यात्रु रहेका छन्।

तीमध्ये १२७ जना नेपाली नागरिक रहेका छन्। यस्तै, भारतका १७८ जना,अमेरिकाका ६५ जना, युक्रेनका ५३ जना र मलेसियाका ५१ जना नागरिक सम्पर्कविहीन भएका छन्।

यस्तै, मानसरोवर यात्रामै रहेका रसियाका २ जना, बुल्गेरियाका १ जना र स्विट्जरल्याण्डका १ जना नागरिकको उद्दार गरिएको छ।

बाढीमा परी सम्पर्कविहीन भएका अन्य नागरिकहरूको खोजी कार्य र थप विवरण संकलन गर्ने काम जारी छ।

प्रकाशित: १२ भाद्र २०८३ १३:३३ शुक्रबार