समाज

महिला नेतृत्वमा फोटो पत्रकार क्लबको नयाँ कार्यसमिति चयन

फोटो पत्रकार क्लबले नयाँ कार्यसमिति चयन गरेको छ। नयाँ कार्य समितिको चयनसंगै फोटो पत्रकार क्लब नेपालको ११ औ साधारण सभा सम्पन्न भएको छ। सभाले क्लबको अध्यक्षमा पहिलोपटक महिला नेतृत्व चयन गरेको छ।  

क्लबको अध्यक्षमा श्रुति श्रेष्ठको नेतृत्वमा सर्वसम्मत कार्य समिति चयन भएको छ। यस्तै, उपाध्यक्षमा दिपेश श्रेष्ठ, महासचिवमा प्रकाश चन्द्र तिमल्सेना, सचिवमा अमुल थापा र कोषाध्यक्ष द्वारिकाप्रसाद काफ्ले चयन भएका छन्।  

यसैगरि, प्रवक्तामा विकास द्वारे र सदस्यहरु वर्षा साह, निशा भण्डारी, लक्ष्मीप्रसाद ङाखुसी, स्कन्द गौतम, अंगद ढकाल र दिपेन श्रेष्ठ चयन भएका छन्। यसैबीच क्लवले विजय राई र बर्षा शाह नेपाल पत्रकार महासंघको एसोसियट सदस्य भएकोमा अभिनन्दन गरेको छ।

प्रकाशित: ९ आश्विन २०७८ ११:२९ शनिबार

फोटो पत्रकार क्लब नयाँ कार्यसमिति चयन