समाज

वन्यजन्तु ओसार-पोसार मुद्दाका फरार प्रतिवादी पक्राउ

वन्यजन्तु ओसार–पोसार मुद्दाका फरार प्रतिवादीलाई बाँके प्रहरीले पक्राउ गरेको छ। जिल्लाको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ९ निवासी ४४ वर्षका मनिराम थारु र सोही ठाउँ निवासी ४३ वर्षीय धनिराम थारुलाई प्रहरीले पक्राउ गरेको हो।

उनीहरुलाई वन्यजन्तु ओसार–पोसार मुद्दामा बाँके जिल्ला अदालतले २०७३ असार १२ गते ११ महिना १० दिन कैद सजाय तोकेको थियो। लामो समयदेखी फरार रहेका उनीहरु पक्राउ पर्न सकेका थिएनन्।  

विशेष सूचनाका आधारमा उनीहरुलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले बिहीबार पक्राउ गरेर बाँके जिल्ला अदालत समक्ष बुझाइएको जिप्रका बाँकेका प्रहरी नायव उपरीक्षक (डिएसपी) एवम् प्रवक्ता मधुसुधन न्यौपानेले नागरिकलाई जानकारी दिए।

प्रकाशित: ८ आश्विन २०७८ ०५:२४ शुक्रबार

वन्यजन्तु ओसार-पोसार मुद्दा फरार प्रतिवादी पक्राउ