समाज

गाडीको ठक्करबाट चितुवाको मृत्यु

फाइल तस्बिर

इच्छाकामना गाउँपालिका–४ लेवाटारमा गाडीको ठक्करबाट एक पोथी चितुवाको मृत्यु भएको छ।  

मङ्गलबार दिउँसो अन्दाजी ३ बजे गाडीको ठक्करबाट करिब दुई महिनाको सो चितुवा मरेको डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालले जानकारी दिए।  

आफूहरुलाई प्रहरीले खबर गरेसँगै मृत चितुवालाई डिभिजन वन कार्यालयलमा ल्याई व्यवस्थापन गरिएको बताए।

माउसँग बाटो काट्ने क्रममा गाडीले ठक्कर दिएको हुनसक्ने उनले जानकारी दिए। घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ। रासस

प्रकाशित: ६ आश्विन २०७८ ०६:४८ बुधबार

गाडीको ठक्करबाट चितुवाको मृत्यु