प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४ सय १२ जना कोरोना संक्रमणमुक्त हुँदा ३ सय ६६ जना संक्रमित भएका छन्। ९ सय ९२ जनाको पिसिआर परीक्षण गर्दा २ सय ५९ र ६ सय १७ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय ७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा मोरङमा १ सय १०, सुनसरीमा ८१, झापामा ५७, धनकुटामा ५, उदयपुर, संखुवासभा र इलाममा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको हो।
मोरङको विराटनगरमा ७४, बेलबारीमा ११, बुढीगंगामा ७, सुन्दरहरैँचामा ६, कटहरी र उर्लाबारीमा ३–३, पथरीशनिश्चरे र धनपालथानमा २–२, रतुवामाई र मिक्लाजुङमा १–१, सुनसरीको इटहरीमा ५०, धरानमा १७, रामधुनीमा ७, इनरुवामा ४, बराहक्षेत्र, देवानगञ्ज र दुहबीमा १–१, झापाको दमकमा १६, भद्रपुरमा १३, विर्तामोडमा ७, शिवसताक्षी र कमल गाउँपालिकामा ५–५, हल्दिबारी र मेचीनगरमा ३–३, गौरीगञ्जमा २, गौरादह, अर्जुनधारा र स्थानीय तह नखुलेका १–१, धनकुटाको धनकुटा नगरपालिकामा ५, उदयपुरको चौदण्डीगढी, संखुवासभाको पाँचखपन र इलामको चुलाचुलीमा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।
प्रदेश १ मा सोमबार ४ सय १२ जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा २ सय ९ महिला र २ सय ३ पुरुष रहेका छन्। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ४ महिला र १ पुरुष रहेका छन्।
प्रकाशित: २८ भाद्र २०७८ १४:०८ सोमबार