समाज

माछालाई दाना खुवाउने क्रममा डु’बेर ६ वर्षीया बालिकाको मृ’त्यु

फाइल।

दाङको लमही नगरपालिका-३ स्थित जखेरा तालमा माछालाई दाना खुवाउने क्रममा तालमा खसेर एक ६ वर्षीया बालिकाको मृत्यु भएको छ।

परिवारसँगै ‘पिकनिक’ खान गएकी गढवा गाउँपालिका-२ कोठरी निवासी कृतिका चौधरीको तालमा डुबेर ज्यान गएको हो।

वडा प्रहरी कार्यालय लमहीका अनुसार अभिभावकसँगै जखेरा ताल पुगेकी कृतिका तालको किनारबाट माछालाई दाना खुवाउँदै गर्दा अचानक चिप्लिएर पानीमा खसेकी थिइन्।

बालिका तालमा खसेलगत्तै उद्धार गरी तत्काल उपचारका लागि लमही अस्पताल लगिएको थियो। तर, अस्पताल पुर्‍याइएकी कृतिकाको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

मृतक बालिकाको शव परीक्षणका लागि हाल लमही अस्पतालमै राखिएको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित: १७ कार्तिक २०८३ २०:०९ मंगलबार