देशभर पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने १४३ जना घाइते भएका छन्। नेपाल प्रहरीका अनुसार सबैभन्दा बढी घाइते लुम्बिनी प्रदेशमा भएका छन्।
जहाँ २८ जना घाइते भएका छन् भने १ जनाको मृत्यु भएको छ। कोशी प्रदेशमा १ जनाको मृत्यु हुनुको साथै २२ जना घाइते भएका छन् भने काठमाडौँ उपत्यकामा २ जनाको मृत्यु र १७ जना घाइते भएका छन्।
यस्तैगरी मधेश प्रदेशमा १ जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन् । सुदूरपश्चिम प्रदेशमा १ जनाको मृत्यु र ११ जना घाइते हुदाँ कर्णाली प्रदेशमा १६ जना, बागमती प्रदेशमा ८ जना र गण्डकी प्रदेशमा ९ जना घाइते भएका छन्।
प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार मृत्यु हुनेमा धनकुटा, बारा, ललितपुर, काठमाडौं, पाल्पा र अछामका एक–एक जना रहेका छन्।
प्रकाशित: १२ श्रावण २०८३ १२:५३ मंगलबार