समाज

झापामा जापानिज इन्सेफ्लाइटिसबाट ६ जनाको मृत्यु

वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेइ) सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ। 

मेचीनगर नगरपालिका–८ की ६४ वर्षीया महिलाको जेइ सङ्क्रमणबाट मृत्यु भएपछि जिल्लामा जेइबाट ज्यान गुमाउनेको सङ्ख्या छ पुगेको छ।

जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठका अनुसार गत साता ती महिलाको मृत्यु भएको हो। यससँगै जिल्लामा जेइ सङ्क्रमितको सङ्ख्या ११ पुगेको छ। हालसम्म चार महिला र दुई पुरुषको मृत्यु भइसकेको छ।

उक्त कार्यालयबाट जिल्लाका विभिन्न स्थानमा जेइ परीक्षणलाई बढाइनका साथै स्वास्थ्यकर्मीको टोली अनुगमनका निम्ति निरन्तर परिचालन भएको उनले जानकारी दिए। रासस

प्रकाशित: ५ भाद्र २०८३ ०९:२४ शुक्रबार