समाज

एकैदिन ३ हजार ४२१ जनामा कोरोना संक्रमण, २५ को मृत्यु

पछिल्लो २४ घण्टामा देश ३ हजार ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार २४० जनामा पिसिआर परीक्षण गर्दा २३ सय ९१ र ५ हजार ३२ को एन्टिजेन परीक्षण गर्दा १ हजार २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

यस्तै, २४ घन्टामा २५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ७३८ पुगेको छ।  

यसैगरि, २४ घन्टामा १ हजार ६८६ जना कोरोना संक्रमणमुक्त भएका छन्।

प्रकाशित: ११ श्रावण २०७८ ११:१० सोमबार

कोरोना संक्रमण स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पिसिआर परीक्षण