समाज

काठमाडौं उपत्यकामा ५२६ रोहिंग्या भेटिए*

फाइल तस्बिर

नेपाल प्रहरीले काठमाडौं उपत्यकामा रोहिंगा शरणार्थी ५२६ जना रहेको बताएको छ। 

नेपालमा रहेका रोहिंगा शरणार्थीमध्ये १४८ महिला, १६२ पुरुष र २१६ बालबालिका रहेको प्रहरी प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिए।

उनका अनुसार, रोहिंगा शरणार्थी काठमाडौंको कपन, लसुनटार, राम मन्दिर, लुभु र सुनकोठीमा बस्दै आएका छन्। 

प्रवक्ता काफ्लेले उनीहरुकाे प्रवेश नियन्त्रणका लागि सीमा क्षेत्रमा प्रहरीलाई हाइअलर्टमा राखिएको जानकारी दिए। 

*यसअघिको तथ्यांक फरक पर्न गएकोमा सच्याइएको छ- सम्पादक

प्रकाशित: २२ श्रावण २०८३ १४:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App