समाज

मोटरसाइकलसहित ६ जना पक्राउ

प्रहरीले मोटरसाइकल चोरी गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा धादिङ थाक्रे गाउपालिका ७ स्थायी घर भई हाल भक्तपुर नगरपालिका वडा नं. ८ बस्ने वर्ष २८ को सुमन भन्ने अर्जुन तामाङ, भक्तपुर नगरपालिका वडा नं. २ दत्तात्रय स्थायी घर भई हाल भक्तपुर नगरपालिका वडा नं. ८ लिवाली बस्ने वर्ष १९ को  वैद्य भन्ने विजय ह्याङ्जु, दोलखा साबिक भुसाफेदा गा.वि.स. वडा नं. ०६ हाल  सैलुङ गा.पा. वडा नं. २ स्थायी घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ०६ सुन्दरबस्ती बस्ने वर्ष २९ को दिनेश तामाङ वाईबा र भक्तपुर नगरपालिका वडा नं. ८ लिवाली घर भएका वर्ष २० साईन भन्ने रमेश कोजु रहेका छन्।

उनीहरुका साथमा चोरीको स्कुटर खरिद गर्ने दुईजना व्यक्तिहरु पनि पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। पक्राउ पर्नेहरुमा काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका वडा नं. ०४  स्थायी घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं. १० पलाँसे बस्ने बर्ष २३ को अविनाश तामाङ र दाङ लमही स्थायी घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं. १० पलाँसे बस्ने वर्ष २२ को आकाश मगर रहेका छन्।

प्रकाशित: १३ असार २०७८ ०६:२७ आइतबार

मोटरसाइकल चोरी