समाज

सिन्धुलीको रानीचुरीमा एक घण्टामा ५५ मिलिमिटर वर्षा

सिन्धुलीको रानीचुरीमा एक घण्टामा ५५ मिलिमिटर वर्षा भएकाे छ। 

जल तथा मौसम विज्ञान विभागका अनुसार गएको एक घण्टामा सबैभन्दा बढी सिन्धुलीको रानीचुरीमा ५५ मिलिमिटर पानी परेको हाे। 

विभागका अनुसार अहिले गण्डकी प्रदेश र त्यसभन्दा पूर्वतिर पानी परिरहेको छ। देशका विभिन्न भागमा हावाहुरी, असिना र चट्याङसहित पानी भएकाले हिँडडुल गर्दा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। 

शुक्रबार बिहान भने सातै प्रदेशका विभिन्न जिल्लामा हल्का पानी परेको थियाे। 

प्रकाशित: १८ वैशाख २०८३ १७:०१ शुक्रबार