समाज

नगरकोट सिल, दूध संकलन समेत बन्द

भक्तपुरको नगरकोट क्षेत्र सिल गरिएको छ। नगरकोटमा नयाँ भेरियन्टको कोरोना संक्रमणको फैलावट तीव्र बनेपछि नगरकोट क्षेत्र सिल गरिएको हो।

साविक नगरकोट गाविस वडा नं. ७ र ८ को भट्टेडाँडाको आसपास, बजार क्षेत्र र मन्दनदेउपुरसँगै भक्तपुर र काभ्रेको सिमानामा पनि कोरोना संक्रमण तीव्र बनेको कारण सम्भावित जोखिम कम गर्न वडा सिल गरिएको चाँगुनारायण नगरपालिका वडा नं. ६ का  वडाध्यक्ष सन्ते वाईबाले जानकारी दिए।

उनले सो वडा बिहीबारदेखि जेठ २१ गतेसम्मका लागि सिल गरिएको बताउँदै सो अवधिमा औषधि, इन्धनबाहेकका सबै पसल र उद्योगहरु बन्द गरिने बताए। सो अवधिमा दूध संकलन तथा बिक्री गर्ने डेरीहरु समेत पूर्ण रुपमा बन्द गरिएको वडा कार्यालयले जनाएको छ।

प्रकाशित: १३ जेष्ठ २०७८ ०९:३३ बिहीबार

चाँगुनारायण नगरकोट