समाज

दाङमा थप दुईजना सङ्क्रमितको मृत्यु

फाइल तस्बिर

कोरोना विशेष अस्पताल बेलझुण्डीको सघन कक्षमा उपचाररत  थप दुईजना  सङ्क्रमितको आज मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–  ९ का ४६ वर्षीय पुरुष र घोराही उपमहानगरपालिका–१५ का ७७ वर्षीय पुरुष रहेको कोरोना अस्पतालका व्यवस्थापक द्रोर्ण वलीले जानकारी दिए ।  

तुलसीपुरका पुरुष हिजोदेखि सो अस्पतालमा उपचाररत थिए । उनीको आज दिउँसो  पौने १ बजे मृत्यु भएको हो । त्यस्तै, घोराहीका पुरुष गत वैशाख १२ गतेदेखि अस्पतालको सघन कक्षमा उपचाररत  थिए । उनीको आज बिहान साढे ८ बजे मृत्यु भएको हो ।  

यसैबीच कोरोना अस्पतालमा उपचारत ४० जना कोरोना सङ्क्रमितको ज्यान जोखिममा रहेको व्यवस्थापक वली जानकारी दिए । अक्सिजन अभाव हुँदा सङ्क्रमितको ज्यान जोखिममा परेको हो । ‘हिजो बेलुका ८ बजेदेखि अक्सिजनको व्यवस्थापन गर्न भनी  जानकारी गराउँदा पनि  कुनै सुनुवाइ  नभएको  अहिले  स्थिति सङ्कटपूर्ण हुन लागिसक्यो’, उनले भने ।  हाल कोरोना अस्पताल बेलझुण्डीमा ५९ जना कोरोनाका बिरामीहरु उपचाररत छन् ।रासस 

प्रकाशित: १९ वैशाख २०७८ ०८:४५ आइतबार