समाज

उपत्यकामा निषेधाज्ञा लगाउने अन्तिम तयारी

कोरोना भाइरसको संक्रमण तीव्र रुपमा बढेपछि काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाउने तयारी गरिएको छ। 

उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको सोमबार बसेको बैठकले निषेधाज्ञा लगाउने सहमति गरेको हो। संक्रमण नियन्त्रणका लागि काठमाडौं उपत्यकामा आगामी बिहीबारदेखि निषेधाज्ञा तयारी भैइरहेको स्रोतले बतायो।

निषेधाज्ञा लागु हुने सूचना केहीबेरमा सार्वजनिक हुनेछ।

प्रकाशित: १३ वैशाख २०७८ ०८:२२ सोमबार

उपत्यकामा निषेधाज्ञा कोरोना भाइरस