समाज

खैरेको हत्यारालाई कारवाही गर्न माग

खैरेलाई हिर्काएर मारेका विरोधमा दोषीमाथि कानूनी कारवाहीको माग गरिएको छ। धुलिखेल नगरपालिका–४ स्थित २८ किलो भन्ने स्थानमा दुई युवाले गत चैत १८ गते खैरे नामको कुकुरलाई मारेका थिए।

रेस्क्यु एनिमल नेपालले हत्यामा संलग्न युवालाई तत्काल पक्राउ गर्न अनुरोध गरे पनि प्रहरीले आलटाल गरेको संस्थाका पदाधिकारी सिर्जना अधिकारीले  पत्रकार सम्मेलनमा जानकारी दिए। बिजुलीको खम्बामा खैरेलाई बाँधी दुई पुरुषले कोदालो र फलामको रडले टाउकामा हिर्काएर हत्या गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो।  

अधिकारीले खैरेको हत्यारा पक्राउ नभए सशक्त आन्दोलन गरिने चेतावनी दिँदै कुकुरको हत्यारा पक्राउ गर्न प्रहरीसमक्ष किटानी जाहेरी दिइएको आइतबार जानकारी दिए। नेपालमा पशुपन्छी संरक्षण ऐनानुसार जनावरका हत्यारालाई तीन महिनासम्म थुन्ने र पाँच हजार जरिवाना हुनेछ। रासस

प्रकाशित: १३ वैशाख २०७८ ०७:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App