समाज

पैसा दोब्बर गरिदिने भन्दै ठगी गर्ने पक्राउ

गौशाला - पैसा दोब्बर गरिदिन्छु भन्दै हजारौँ ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तरी जिल्लाको भवनगामाकट्टी गाविस–६ बस्ने वर्ष ३७ को रामबहादुर रजक रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। जिल्लाको गैँढाभेटपुर गाविस–३ बाट मङ्गलबार पक्राउ परेका रजकलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरी नायब निरीक्षक विजय भण्डारीले बताए ।रजकले साँढा गाविस–६ बस्ने धीरेन्द्र राउतलाई पैसा डबल बनाइदिन्छु भन्दै रु ६९ हजार ठगी गरेको थियो।
रजकले राउतलाई मसँग पैसा बनाउने मेसिन र केमिकल रहेको भन्दै मेसिन तथा २/४ किसिमको रङ देखाएर फकाएर पैसा ठगी गरेको र निजलाई दुई बण्डल एक हजारको नोट जस्तै कागजको कटिङ दिएर यही हो पैसा भन्दै ठगी गरेको पीडित राउतलाई उद्धृत गर्दै प्रहरीले बताएको छ।

प्रकाशित: ७ जेष्ठ २०७० २२:२६ मंगलबार