त्रिशुली हाइड्रोपावर २ सय १६ नम्वर टनेलमा पसेका ४२ जना सोही हाइड्रोपावरमा फसेका छन्।
बाढीको समय सुरुङबाहिर रहेका ६ जनाको शुक्रबार उद्धार भइसकेको र बाँकी भित्र पसेका ४२ जनाको उद्धार हुन नसकेको उनीहरूले जानकारी दिएका हुन्। सोही हाइड्रोपावरमा कार्यरत लेखा कर्मचारी उषा गुरुङको अनुसार उनीसहित बाहिर रहेका ६ जना भाग्न सफल भएका छन् भने बाढीको कारण सुरुङभित्रै छन्।
रसुवा बाढीपछि सुरुङभित्रै फसेकाहरूको चार दिनसम्म उद्धार हुन नसकेको गुनासो आफन्तले गरेका छन्। बाग्लुङ गल्कोटका रमेश सुनार सोही सुरुङभित्र पसेको जानकारी पाएपछि सरकारले ढिला उद्धार गरेको उनको पिताको गुनासो छ। ‘चार दिन बितिसक्यो, अझै छोराको उद्धार भएन’ उनले भने।
राष्ट्रिय विपद न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भने शनिवार पनि मौसम खराव भएको कारण उद्धारमा जान नसकेको जानकारी दिएकाे छ।
‘सुरुङभित्र रहेकाहरूलाई उद्धारको प्राथमिकतामा छ’ प्राधिकरणकी कर्मचारी सन्दिता खड्काले भनिन्।
प्रकाशित: १३ भाद्र २०८३ ०९:५९ शनिबार