मच्छिन्द्रनाथलाई शुक्रबार हनुमानढोकामा पुर्याउने र शनिबार लगनटोलमा रहेकी मच्छिन्द्रनाथकी आमा भएको स्थानसम्म पुर्याइनेछ। मुख्यगरी यो जात्रा पाँचदिनसम्म मनाइने तर अकस्मात् रथको डोरी चुँडिएमा केही दिन थप गरिने भए पनि यो वर्ष त्यस्तो नहुने मच्छिन्द्रनाथ मूल आयोजक समारोहका सचिव सुजीव बज्राचार्यले बताए।
सो रथयात्राका बारेमा विभिन्न खालका किंवदन्ती भए पनि १७ औँ शताब्दीको उत्तरार्द्धमा राजा प्रताप मल्लको पालादेखि सुरु भएको पाइन्छ। रथयात्रामा सहभागी हुने तथा मछिन्द्रनाथको दर्शन गरेमा स्वास्थ्य राम्रो र आयुवृद्धि हुने तथा समृद्धि प्राप्त हुने विश्वास छ। रथयात्राको एउटा विशेषता भनेको जहाँ रथ रोकिन्छ, त्यहाँ १०८ वटा दीप प्रज्वलन गर्ने परम्परा छ। यसबेला बलि र जाँडरक्सी चल्दैन। यो हिन्दू तथा बौद्ध धर्मावलम्बीले आस्था प्रकट गर्ने मच्छिन्द्रनाथको मुख्य महत्व तीन दिन भए पनि पाँच दिनसम्म जात्रा सञ्चालन हुनेछ।
प्रकाशित: ५ वैशाख २०७० ११:०१ बिहीबार