समाज

कुखुरा नमारीकन कुखुराकाे मासु !

सिङ्गापुरले जनावर नमारीकन उत्पादन हुने ‘सफा मासु’ उपभोगका निम्ति स्वीकृति दिएको छ।

यो निर्णयसँगै अमेरिकाको स्यान फ्रान्सिस्कोस्थित इट जस्ट कम्पनीलाई प्रयोगशालामा उत्पादित कुखुराको मासु बेच्न बाटो खुलेको छ।

सुरुमा यो मासु नगेटका मात्र प्रयोग गरिनेछ। तर कम्पनीले कहिलेदेखि त्यो बजारमा उपलब्ध हुन्छ, भनेको छैन।

स्वास्थ्य, पशु कल्याण तथा वातावरणसम्बन्धी चिन्ताका कारण सामान्य मासुको विकल्पको माग बढिरहेका छन्।

बार्क्लेजका अनुसार यस्ता वैकल्पिक मासुको बजार आगामी दशकमा १४० अर्ब डलरसम्म पुग्न सक्छ जुन हालको विश्वव्यापी मासु उद्योगको कूल कारोबारको १० प्रतिशत हुन आउँछ।  

वनस्पतिमा आधारित मासुका विकल्प अहिले पनि सुपरमार्केट तथा रेस्टुराँका मेनुमा बियन्ड मिट वा इम्पसिबल फुडका नाममा उपलब्ध छन्।

तर इट जस्टको उत्पादन भने नितान्त भिन्न छ। यो वनस्पतिमा आधारित होइन, बरु प्रयोगशालामा जनावरको कोषहरूको कृत्रिम वृद्धि गराएर उत्पादित हो। बिबिसीबाट

प्रकाशित: १८ मंसिर २०७७ ११:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App