समाज

काठमाडौंबाट ३८४ किलो नक्कली मह बरामद, एकजना पक्राउ

अखाद्य पदार्थ मिसावट गरी मह उत्पादन तथा बिक्री वितरण गरिरहेको अभियोगमा प्रहरीले काठमाडौँको टोखाबाट एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको टोलीले टोखा नगरपालिका–१ भण्डारे क्षेत्रबाट नक्कली महसहित धादिङको सिद्धलेक गाउँपालिका–२ का ४४ वर्षीय लक्ष्मण गुरुङलाई पक्राउ गरेको हो ।  

निजले अखाद्य पदार्थ मिसावट गरी मह बिक्री गरिरहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । सो सम्बन्धमा अनुसन्धान भइरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । 

प्रकाशित: ९ मंसिर २०८३ १४:५८ बुधबार