समाज

मानसिक स्वास्थ्य उपचार केन्द्र स्थापनार्थ जापानको सहयोग

जापानले नेपालमा मानसिक स्वास्थ्य उपचार केन्द्र स्थापनार्थ भवन निर्माणका लागि आर्थिक सहयोग गर्ने भएको छ।

काठमाडौको फर्पिङमा भवन निर्माणका लागि जापान सरकारको जिजिपी परियोजना अन्तर्गत तीन करोड ५३ लाख ६० हजार रुपैयाँ सहयोगसम्बन्धी सम्झौतामा सम्झौतामा बुधबार सम्झौता भएको छ।

सम्झौतासम्बन्धी भर्चुअल हस्ताक्षर कार्यक्रममा जापानका तर्फबाट नेपालस्थित जापानी दूतावासका चार्ज दि अफेयर्स योशिका युजो र कोसीसका कार्यकारी निर्देशक मात्रिकाप्रसाद देवकोटाले हस्ताक्षर गरेका छन्। परियोजनाको उद्देश्य मानसिक स्वास्थ्य केन्द्रमार्फत मानसिक स्वास्थ्य कमजोर भएका भएका महिलाहरुलाई परामर्श सेवा दिन सहयोग पु-याउने रहेको छ।

प्रकाशित: २७ कार्तिक २०७७ ०३:०३ बिहीबार

मानसिक स्वास्थ्य उपचार केन्द्र जापान सहयोग